फ्रन्टलाइन हस्पिटलले आईपीओ जारी गर्ने
कम्पनीले सेयर निष्काशनका लागि सेयर निष्कासन तथा विक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
काठमाडौँ — काठमाडौं नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्कासन (आईपीओ) गर्ने भएको छ । कम्पनीले सेयर निष्काशनका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
सम्झौतामापत्रमा नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष नवराज पाण्डे तथा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरे ।
नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेशन फाउन्डेसन लिमिटेडको जारी पूँजी ३ अर्ब ५० करोड रुपैयाँ छ । कम्पनीले जारी पुँजीको करिब २८.५७ प्रतिशत सेयर सर्वसाधारणमा प्राथमिक निष्कासन गर्ने भएको छ । संस्थापक समूहअन्तर्गत करिब ७१.४३ प्रतिशत सेयर कायम रहने कम्पनीले जनाएको छ ।
फ्रन्टलाइन ब्रान्डको नामबाट काठमाडौंको पुरानो बानेश्वरमा सञ्चालित अस्पतालको क्षमता १०० सय्या छ ।थप सेवा विस्तारका लागि, निर्माणको चरणमा रहेको थप २०० सय्या क्षमताको जनरल र क्यान्सर रोगलाई मध्यनजर गरी बनाइने अस्पतालका लागि थप पूँजीको आवश्यक पर्ने भएकोले आईपीओ जारी गर्न लागेको कम्पनीका अध्यक्ष नवराज पाण्डेले बताए ।

