नयाँ टाटा पन्च ईभी फेसलिफ्ट नेपालमा, बढी रेन्ज र नयाँ फिचरसहित
काठमाडौं । नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नयाँ २०२६ टाटा पन्च ईभी फेसलिफ्ट नेपाल ल्याएको छ। यो मोडल आगामी नाइमा नेपाल मोबिलिटी एक्सपो २०२६ मा सार्वजनिक प्रदर्शन गरिने अपेक्षा गरिएको छ।
नयाँ पन्च ईभीमा ३० किलोवाट-आवर र ४० किलोवाट-आवरका दुई ब्याट्री विकल्प छन्, जसले अघिल्लो मोडलको तुलनामा बढी रेन्ज प्रदान गर्छ। यसमा फास्ट चार्जिङ सुविधा, शक्तिशाली मोटर र आधुनिक प्रविधि समावेश गरिएको छ। डीसी फास्ट चार्जरबाट २० देखि ८० प्रतिशतसम्म चार्ज गर्न करिब २६ मिनेट लाग्ने कम्पनीको दाबी छ।
फिचरतर्फ एलईडी हेडलाइट, १०.२५ इन्च टचस्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, भेन्टिलेटेड सिट, भ्वाइस–असिस्टेड सनरुफ, वायरलेस चार्जर, अटोमेटिक क्लाइमेट कन्ट्रोल र एयर प्युरिफायर जस्ता सुविधा उपलब्ध छन्।
कम्पनीले नेपालका लागि भेरिएन्ट, मूल्य र उपलब्धताको औपचारिक घोषणा भने अझै गरेको छैन।

